काठमाडौं, ३ साउन । कर्णाली प्रतिष्ठानमा विगत २० दिनदेखि अनसनरत प्राडा गोविन्द केसीलाई आज नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ । साँघ करिव ६ः४५ मा डा केसीलाई काठमाडौंको टुँडिखेलमा अवतरण पश्चात उनलाई एम्बुलेन्समा राखेर उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।
अनशन बसिरहेकै बेला डा.केसीको स्वास्थ्यवस्था जटिल बन्दै गएका कारण उनलाई काठमाडौं नमान्दाका बाबजुद पनि प्रशासनले केसी समर्थकसँगको झडपमा प्रहरी जवानको मृत्यु भयो भन्दै झुठो हल्ला सुनाएर केसीलाई काठमाडौं ल्याउन सफल भएको हो ।
The post डा केसीलार्इ उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगियो appeared first on Sajha Post.