Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

झडपमा प्रहरी जवानकाे मृत्यु भएकाे झुठो हल्ला सुनाएर डा.केसीलाई काठमाडौं ल्याइयो

$
0
0


जुम्ला, ३ साउन । विगत २० दिनदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अनसनरत प्राडा. गोविन्द केसीलाई अन्ततः काठमाडौं ल्याइएको छ । उनलाई काठमाडौं ल्याइएने सरकारले तयारी गरिरहेका बेला डा.केसी समर्थकहरुले उनी अनसनरत स्थानबाहिर प्रदर्शन गरेका थिए । सो प्रदर्शनमा प्रहरीले लाठीचार्ज समेत गरेको थियो ।

डा. केसीले आफ्नो माग कर्णालीमै सम्बोधन हुनुपर्ने र वार्ता पनि त्यही हुनुपर्ने अडान राख्दै आएका थिए भने उनको स्वास्थ्यवस्था विग्रँदो अवस्थामा रहेका कारण सरकारले जसरी पनि उनलाई काठमाडौं ल्याउनु थियो । अझ सेनाको हेलिकोप्टरबाट त झन काठमाडौं अनाउने डा.केसीले अडान राखेपछि उनलाई
झडपमा घाइते भएका प्रहरी जवानको मृत्यु खबर सुनाइयो । मिडियामा पनि त्यही कुरा सार्वजनिक भयो । सेनाको मृत्युको खबर पाएपछि डा.केसी विक्षिप्त बने र उनी रुँदै काठमाडौं जाने कुरा सुनाए र सेनाको हेलिकोप्टरमार्फत उनलाई काठमाडौं ल्याइयो ।

मृत्यु भएका भनिएका प्रहरी जवान कमल उपाध्यायको उपचार चलिरहेको अवस्थामा डा.केसीलाई काठमाडौं ल्याउनका लागि बल प्रयोग गर्दा स्थिति झन विग्रिन सक्ने हुनाले झुठको साहारा लिनुपर्ने स्थानीय प्रशासनले जनाएको छ ।

त्यसपछि स्थानीय प्रशासनले नै प्रहरी जवानको मृत्यु खबरबारे खण्डन गरेको छ । कर्णाली प्रदेशका प्रहरी प्रमुख नायब महानिरीक्षक (डीआईजी) सुरेशविक्रम शाहले जुम्लामा गोली नचलेको र प्रहरी जवानको मृत्यु भएको कुरामा कुनै सत्यता नभएको बताएका छन् । विद्यार्थीले सीसा प्रहार गर्दा जवान कमल उपाध्याय गम्भीर घाइते भएको भन्दै उनको अहिले उपचार भइरहेको बताएका छन् ।

The post झडपमा प्रहरी जवानकाे मृत्यु भएकाे झुठो हल्ला सुनाएर डा.केसीलाई काठमाडौं ल्याइयो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles