Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

भारतमा एक रुसी महिला सामूहिक बलात्कृत, छ जना पक्राउ

$
0
0
फाइल फाेटाे

नयाँ दिल्ली, ३ साउन । भारतको चेन्नइमा एकजना रुसी महिलालाई बलात्कार गर्ने छ भारतीयलाई प्रहरीले पक्राउ गरेको छ ।

अधिकारीले बिहीबार दिएको जानकारीअनुसार ती महिलालाई हप्तादिन ती रुसी पर्यटक महिलालाई लागूऔषध खुवाएर बलात्कार गरिएको थियो ।

प्रहरीले ती महिलालाई बलात्कार गर्ने व्यक्तिको खोजी जारी राखेको थियो । त्यस कुकर्ममा संलग्न छ जनालाई बिहीबार पक्राउ गरिएको जानकारी प्रहरीले दिएको छ ।

ती महिला बस्ने होटलकै कोठामा बलात्कृत भएकी थिइन् । २१ वर्षीय ती रुसी महिलाको अनुहारमा घाउ भएको र उनी नाङ्गो अवस्थामा होटेलको कोठामा फेला परेकी थिइन् ।

हप्ता दिनअघि भएको यस बलात्कारको घटनामा संलग्न रहेको आशङ्कामा छ जना व्यक्तिकालाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको बताइएको छ ।

भारतमा यस्ता बलात्कारका घटनामा वृद्धि भएपछि कडा कानून ल्याइएको छ । तर सो कानूनले पनि यस्तो कुकर्मलाई भने रोक्न नसकेको बताइन्छ । रासस/एएफपी

The post भारतमा एक रुसी महिला सामूहिक बलात्कृत, छ जना पक्राउ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles