![](http://www.sajhaapost.com/wp-content/uploads/2018/07/dkc07-1024x768.jpg)
काठमाडौं, ४ साउन । नेपाल चिकित्सक संघको आह्वानमा साउन ३ गतेबिहीबार स्वास्थ्य सेवा ठप्प पार्नेरअस्पताल बन्द गर्ने जस्ता आन्दोलनका कार्यक्रमका कारण अस्पतालहरुमा सेवा अवरुद्ध भएको घटनाप्रति मानव अधिकार तथा शान्ति समाजले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । समाजले विज्ञप्ति निकालेर स्वास्थ्य सेवा ठप्प पार्ने, अस्पताल बन्द गर्ने जस्ता अमानवीय कृत्यप्रति मानव अधिकार तथा शान्ति समाजको सदैव आपत्ति एवं विरोध रहेको छ भनेर उल्लेख गरेको छ ।
समाजले जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुरक्षाकर्मीहरुले धावा बोली सत्याग्रही विरुद्ध प्रदर्शन गरेको र अन्धाधुन्ध बल प्रयोग गरेप्रति पनि निन्दा गरेको छ ।
The post चिकित्सक संघले अस्पताल बन्द गरेकोप्रति मानव अधिकार तथा शान्ति समाजको विरोध appeared first on Sajha Post.