एजेन्सी । लामो जिन्दगी बाँच्नका लागि सन्तुलित हुनु निकै आवस्यक देखिएको छ । त्यो मानसिक रुपमा मात्रै हैन शारिरिक रुपमा पनि हुनु जरुरी छ । ब्राजीलमा हालै भएको एक अनुसन्धानले एउटा खुट्टामा निश्चित समयसम्म उभिन नसक्नेको आयु लामो नहुने देखिएको छ ।
अनुसन्धानलाई मान्ने हो भने ५० वर्ष भन्दा बढी उमेरका मानिस यदि एउटा मात्रै खुट्टामा उभिएर १० सेकेन्डसम्म उभिन सक्दैनन् भने १० वर्षभित्र मृत्यु हुने संभावना दुई गुणा बढी हुन्छ । यो अनुसन्धानको माध्यमबाट वैज्ञानिक यो पत्ता लगाउन चाहन्थे कि १० सेकेन्डको सानो सन्तुलन परीक्षणले आयु पत्ता लगाउन संभव छ । तर यो परीक्षणलाई नियमित स्वास्थ्य जाँचसँग पनि जोड्न आवस्यक देखिएको छ ।
अनुसन्धानमा १७०० मानिसलाई सहभागी गराइएको थियो । सन २००९ देखि २०२० सम्म उनीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो । पहिलो परीक्षणका बेला उनीहरुको उमेर ५१ देखि ७५ वर्षको थियो । ति मध्ये ६८ प्रतिशत पुरुष थिए ।
१० वर्षको अनुसन्धानले २१ प्रतिशत मानिस सन्तुलन परीक्षणमा असफल भए । उमेरसँगै यो टेष्टमा फेल हुने संभावना पनि बढी थियो । ७१ देखि ७५ वर्षका मानिस ५४ प्रतिशत फेल भएका थिए ।
यस्तो आयो नतिजा : १० वर्षको सोधमा वैज्ञानिकले पत्ता लगाए कि सन्तुलन परीक्षणमा असफल हुने व्यक्तिको मृत्यु हुने संभावना बढि हुन्छ । फेल भएका मध्ये लगभग १८ प्रतिशतको १० वर्षभित्रै मृत्यु भयो। पास भएकाको मृत्युदर साढे ४ प्रतिशत मात्रै थियो । फेल भएका व्यक्तिमा मोटोपन, हाइपरटेंशन जस्ता समस्या थिए ।
मृत्यु हुने संभावना ८४ प्रतिशतसम्म बढि : अनुसन्धानका क्रममा एक खुट्टामा १० सेकेन्डसम्म उभिन नसक्ने व्यक्ति १० वर्षभित्र मृत्यु हुने संभावना ८४ प्रतिशतसम्म धेरै पाइएको छ । अनुसन्धानका क्रममा मृत्यु भएका मानिसको लिंग, उमेर र स्वास्थ्य अवस्थालाई पनि ध्यान दिइएको थियो । रोगबाट समेत पीडित भएका र सन्तुलन परीक्षणमा पनि असफल भएका मानिसको १० वर्षभित्र मृत्यु हुने संभावना ८४ प्रतिशत बढी देखियो ।
यसरी गर्न सकिन्छ परीक्षण : यो परीक्षण घरमै आफैले पनि गर्न सकिन्छ । एउटा खुट्टा उठाउने र अर्को खुट्टा त्यसकै पछाडी पट्टी राख्नुपर्छ । अनि दुईवटै हात उठाएर १० सेकेन्डसम्म उभिनुपर्छ । तीन पटकसम्म पनि प्रयास गर्दा यदि सकिएन भने यसलाई फेल मानिएको छ । अब तपाई पनि घरमै यस्तो परीक्षण गर्नुस र १० वर्षभित्र मृत्यु हुने संभावना कति बढी छ पत्ता लगाउनुस ।