Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

काठमाडौंमा भेटियो धारा र ट्युबवेलको पानीमा हैजा फैलाउने जीवाणु, पानीको स्रोतमै परीक्षण गरिंदै

$
0
0

काठमाण्डौं । काठमाण्डौको बागबजारका भाँडोमा थापेर राखेको धारा र ट्युबवेलको पानीमा इकोली र कोलीफर्म नामक जीवाणु भेटिएको छ । इकोली र कोलीफर्म भएको पानी खाएकै कारण दुई जना दिदीबहिनीलाई हैजा भएको स्वास्थ्य विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका निर्देशक डाक्टर चुमनलाल दासका अनुसार उनीहरुले पिउने पानीको नमुना परीक्षण गर्दा इकोली र कोलीफर्म नामक जीवाणु भेटिएको छ ।

धारा र ट्युबवेलबाट आएको पानीको नमुना परीक्षण गर्दा हैजामा पाइने जीवाणु भेटिएको हो । भाँडोमा राखेको पानीको नमुना परीक्षणमा हैजा फैलाउने जीवाणु भेटिएकाले धाराको पानी र ट्युबवेलको पानीको स्रोतमा नै परीक्षण गर्न लागिएको डाक्टर दासले बताए । उनका अनुसार पानीको स्रोत र वितरण केन्द्रमा नमुना परीक्षणका लागि टोली खटिसकेको छ ।

हैजा देखिएको बागबजार क्षेत्रका अन्यमा भने अहिलेसम्म हैजाको लक्षण देखिएको छैन । तर, जोखिम उच्च रहेकाले वरिपरिका अन्य सदस्यलाघ निगरानीमा राखिएको महाशाखाले जनाएको छ । यस्तै, काठमाण्डौको टेकु अस्पतालमा उपचाररत अन्य दुई जनामा पनि हैजा पुष्टि भएकाले उपत्यकामा भित्रभित्रै हैजा फैलिएको हुनसक्ने आशङ्का गरिएको छ । उपचारमा रहेका अर्का व्यक्तिमा पनि हैजाको आशङ्का गरिएको छ । ठाउँ ठाउँमा हैजाको सङ्क्रमण देखिन थालेकाले काठमाण्डौमा हैजा फैलने जोखिम बढेको छ ।

यो पनि पढ्नुस्

काठमाडौंमा हैजा संक्रमित विरामीको संख्या ४ पुग्यो, उपत्यका भरी नै फैलिने जोखिम


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles