Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

हृदयाघातको उपचारमा नयाँ फड्को, कोशिकालाई फेरि जीवित तुल्याउन सकिने

$
0
0

काठमाडौं । हृदयघातपछि पनि मुटु पहिलेजस्तै स्वस्थ हुन सक्ने नयाँ तथ्य फेला परेका छन् । अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयमा गरिएको अनुसन्धनमा हार्ट एट्याकपछि मृत्यु भएका कोशिकालाई हार्मोनको माध्यमबाट जीवित बनाउन सकिने तथ्य पत्ता लागेको हो ।

अनुसन्धानकर्ताले यो एकदमै प्राकृतिक हुने पनि बताएका छन् । यस्तो उपचार जीन थेरापी माध्यमबाट गर्न सकिन्छ । मुसामा गरिएको परीक्षण सफल भएको र मानिसमा प्रयोग गर्न बाँकी रहेको अनुसन्धानकर्ताले बताएका छन् ।
यदि यो परीक्षण मानिसमा पनि सफल भयो भने हृदयघात भएकाको लामो जीवन सम्भव हुनेछ । हृदयघात एक गम्भीर रोग हो । संसारमा हुने कुल मृत्युको एक चौथाई हृदयघातबाट हुने गरेको छ ।


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles