Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

सुत्केरी विदा ९८ दिन दिन स्वास्थ्य मन्त्रालयको निर्देशन

$
0
0

काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महिला कर्मचारीलाई १४ हप्ता ९९८ दिन० तलव सहितको प्रसूति विदा दिन सरकारी, निजी तथा गैरसरकारी संघ संस्थालाई आग्रह गरेको छ ।

मन्त्रालयले बुधबार एक सूचना जारी गरी बिदा कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएको हो । सरकारी, निजी तथा गैरसरकारी संघ संस्थामा कार्यरत महिलाले नियमअनुसार पाउनुपर्ने प्रसूति विदा नपाएको गुनासो आएपछि मन्त्रालयले यसमा कडाई गर्न भनेको छ ।

 

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा १३ मा निजी सरकारी गैरसरकारी संघ संस्थामा कार्यरत महिला कर्मचारीलाई सुत्केरी हुनु अघि वा पछि कम्तीमा ९८ दिनसम्मको तलव सहितको प्रसूति विदा पाउने व्यवस्था छ ।स्वास्थ्यकर्मीहरुले प्रसुति विदालाई बढाएर ६ महिना पुर्‍याउनुपर्ने माग गर्दै आएका छन् ।

 


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles