Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

क्यान्सरको उपचारमा ठुलो उपलब्धि, औषधिबाटै ठिक भयो मलद्वारको क्यान्सर

$
0
0

काठमाडौं । वैज्ञानिकले क्यान्सरको उपचारमा ठुलो उपलव्धि हासिल भएको बताएका छन् । हालै मलद्वारको क्यान्सर भएकामाथि डॉस्टरलिमैब नामक औषधिको क्लिनिकल ट्रायल गरिएको छ । यसले ६ महिनामै क्यान्सरको ट्यूमर पुरै समाप्त पारेको छ । यो अनुसन्धान न्यू इंग्लैंड जर्नल ऑफ मेडिसिनमा प्रकाशित गरिएको छ ।

डॉस्टरलिमैब प्रयोगशालामा बनाएको यस्तो औषधि हो जसले शरिरमा एन्टिबडीको विकल्पका रुपमा काम गर्छ । क्यान्सरका विरामीमा इम्यून सिस्टम कमजोर हुने गरेको छ ।

यो औषधि परीक्षणै क्रममा छ । त्यसैले आम नागरिकका लागि बजारमा कहिले उपलब्ध हुन्छ अझै स्पष्ट छैन । यद्यपी यो अनलाईन बजारमा भने उपलब्ध छ । एक डोज औषधिको मूल्य करिब १३ लाख रुपैयाँ छ । अनुसन्धान सकिएपछि बजारमा उत्पादन हुन थालेपछि मूल्य घट्ने बताईएको छ ।

अहिले यो मलद्वारको क्यान्सरका लागि मात्रै परीक्षण गरिएको छ । तर भविष्यमा अन्य क्यान्सरमा पनि उपयोगी हुन सक्ने ठानिएको छ । अनुसन्धानमा संलग्न लेखक डा लुइस ए डियाजले क्यान्सरको उपचारमा इतिहासमै पहिलो पटक कुनै औषधिबाट विरामी ठिक भएको बताएका छन् । यद्यपी यो परीक्षण सानो हो तर यो ठुलो उपलब्धि भने हो ।

यूनिभर्सिटी अफ क्यालिफोर्नियाका डाक्टर एलन पी विनूकले कुनै पनि क्यान्सरको अनुसन्धानमा औषधिले विरामी ठिक हुनु आफैमा नयाँ कुरा हो । न्यूयॉर्क टाइम्सको रिपोर्टका अनुसार सबै विरामीले क्लिनिकल ट्रायल अघि किमोथेरापी, रेडिएशन र अन्य उपचार गराईसकेका थिए । तर त्यसको साइड इफेक्टले विभिन्न असर गरिरहेको थियो । तर यो औषधिको कुनै साइड इफेक्ट देखिएको छैन ।

एजेन्सीबाट


Viewing all articles
Browse latest Browse all 3415

Latest Images

Trending Articles



Latest Images