काठमाडौं । नेपालमा कोरोना संक्रमण फेरि बढेको छ । पछिल्लो पटक थप २६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ४ हजार ५२८ पीसीआर परीक्षण गर्दा १९ र १ हजार ७७ एन्टीजेन परीक्षणमा ७ जनामा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमित मध्ये आधा भन्दा बढी काठमाडौं उपत्यकामा छन् ।
केहीदिनयता आइसीयुमा जाने संक्रमितको संख्या सून्य रहेकोमा पछिल्लो पटक एकजना गम्भीर भएका छन् । संक्रमणबाट मृत्यु भने भएको छैन ।