२४ माघ, काठमाडौ । काठमाडौं उपत्यकामा सञ्चालन हुने सवारीका साधनमा लागू गरिएको जोर बिजोर प्रणाली आजबाट हटाइएको छ ।
काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले सवारीका साधनमा लगाइएको जोर बिजोर प्रणाली हटाउने निर्णय हिजो मध्यरातिबाट लागू भएको हो ।
७ माघ मध्यरातिदेखि जोर बिजोर लागू भएको थियो । त्यसपछि १४ माघमा संशोधन गर्दै सार्वजनिक सवारीका साधनमा जोर बिजोर हटाइएको थियो । तर, निजी सवारीसाधनमा भने जोर बिजोर कायमै थियो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले कोरोना महामारीमा जारी स्वास्थ्य मापदण्डको पालना गर्नेगरी जोर बिजोर प्रणाली हटाइएको जानकारी दिए ।
उनका अनुसार गाडीमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन भने मास्क अनिवार्य गरिएको छ ।