Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

काठमाडौंमा विद्यार्थीलाई आजबाट फाइजर खोपको दोस्रो मात्रा दिइँदै

$
0
0

२४ माघ, काठमाडौं । काठमाडौंमा आजबाट फाइजर खोपको दोस्रो मात्रा दिइँदै छ । महानगरपालिका भित्रका विद्यार्थीहरुलाई आजबाट कोरोनाविरुद्धको फाइजर खोपको दोस्रो मात्रा दिन लागिएको महानगरपालिकाले जनाएको छ ।

फाइजर खोपको पहिलो मात्रा लगाएको तीन हप्ता पुगेका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरुलाई आजदेखि फागुन ५ गतेसम्म दोस्रो मात्रा दिन लागिएको हो ।

तोकिएका खोप केन्द्रमा बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म खोप दिइने काठमाडौं महानगरपालिकाकाले जनाएको छ ।

वडास्थित सामुदायिक स्वास्थ्य क्लिनिकमा सम्पर्क गरी पूर्ववत खोप केन्द्र तोकिएका विद्यालयहरुमा गई खोप लगाउन काठमाडौं महानगरपालिकाले आग्रह गरेको छ ।

ललितपुर महानगरपालिकामा भने माघ २७ गतेदेखि फागुन ६ गतेसम्म खोप कार्यक्रम सन्चालन हुने बताइएको छ ।

 


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles