Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

१ हजार ६६ जना कोरोना संक्रमित थपिए, १३ जनाको मृत्‍यु

$
0
0

काठमाडौं, १५ असोज । पछिल्लो २४ घण्टामा नेपालमा  १ हजार ६६ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार १० हजार १ सय १३ पीसीआर परीक्षण गर्दा ८९८ जना र ३ हजार २५५ एन्टिजेन परीक्षण गर्दा १६८ गरी १ हजार ६६ जना संक्रमित थपिएका हुन् ।

यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ९५ हजार ९५९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टाको अवधिमा कोरोनाका कारण १३ जनाको मृत्यु भएको छ भने ९३८ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार १ सय ४८ पुगेको छ भने ७ लाख ६६ हजार ६९६ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ११५ जना रहेको मन्त्रालयले जनाएको छ । जसमध्ये १६ हजार ८८१ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार २३४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ३५४ जना आईसीयू र ११६ जना भेन्टिलेटरमा र २४२ जना क्वारेन्टीमा रहेको मन्त्रालयले जनाएको छ ।

 

The post १ हजार ६६ जना कोरोना संक्रमित थपिए, १३ जनाको मृत्‍यु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415