Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

बिहिबार थपिए १०७८ कोरोना संक्रमित, १२ जनाको मृत्यु

$
0
0

काठमाडौं, १४ असोज । नेपालमा पछिल्लो  २४ घण्टामा देशभरका  १०७८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार सो अवधिमा  ११ हजार ७६५ जनामा गरिएको कोरोना परीक्षणमा उक्त संख्याका संक्रमित फेला परेका हुन् ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ९५ हजार ६१ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९१ हजार ५५५ जना पुगेको मन्त्रालयले जनाएको छ। संक्रमितमध्ये ७ लाख ६५ हजार ७५८ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा  ९११ जना संक्रमणमुक्त भएका छन् भने १२ जनाको मृत्यु भएको छ । हाल देशभर १८ हजार १६८ सक्रिय संक्रमित रहेका छन् भने संक्रमितमध्ये हालसम्म ११ हजार १३५ जनाको मृत्यु भइसकेको छ ।

मन्त्रालयका अनुसार  हालसम्म ४२ लाख बढीको पीसीआर परीक्षण भइसकेको छ भने ५ लाख ७७ हजार बढीको एन्टिजेन विधिबाट परीक्षण भएको छ ।   देशभर आईसीयूमा ३५३ र भेन्टिलेटरमा ११७ जना उपचाररत छन् यस्तै १३६६ जना संस्थागत आइसोलेशनमा  छन् भने बाँकी होम आइसोलेसनमै रहेका छन् ।

The post बिहिबार थपिए १०७८ कोरोना संक्रमित, १२ जनाको मृत्यु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles