काठमाडाैं, १२ जेठ । पछिल्लो २४ घण्टामा नेपालमा थप ६७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १९ हजार ३० जनाको पीसीआर गर्दा ६६७७ जनामा र ३२२ जनाको एन्टिजेन ३७ जनमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सोही अवधिमा थप ६७१६ जना निको भएका छन् भने थप १४५ जनाले ज्यान गुमाएका छन् ।
काठमाडौँ उपत्यकामा थप १४९३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले प्रेस ब्रिफिङमा जनाएको छ ।
The post ६ हजार ७१४ जनामा संक्रमण पुष्टि, ६ हजार ७१६ जना संक्रमणमुक्त appeared first on Sajha Post.