Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

अक्सिजनको व्यवस्था अस्पताल आफैंले गर्नूः स्वास्थ्य मन्त्रालय

$
0
0

काठमाडौं, २ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोडिभ–१९ का बिरामीका लागि अस्पताललाई नै अक्सिजनको व्यवस्था गर्न निर्देशन जारी गरेको छ ।

आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले अबदेखि अस्पतालले नै अक्सिजनको व्यवस्था गर्नुपर्ने निर्देशन जारी भएको बताए ।

यसअघि कतिपय अस्पतालले थप बिरामीलाई नलिने सूचना जारी गरेका थिए भने कतिपयले बिरामीका आफन्तलाई अक्सिजन ल्याउन लगाउने गरेका थिए ।

बिरामीका लागि अस्पतालले नै अक्सिजनको व्यवस्था गर्नुपर्ने र बिरामीका आफन्तलाई ल्याउन भन्न नमिल्ने प्रवक्ता गौतमले बताए ।

उनले अक्सिजन आपूर्तिलाई सहज बनाउन पनि काम भइरहेको जानकारी दिए ।

The post अक्सिजनको व्यवस्था अस्पताल आफैंले गर्नूः स्वास्थ्य मन्त्रालय appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles