काठमाडौं, २ जेठ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २ हजार ६ सय ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ८८१, ललितपुरमा ४३६ र भक्तपुरमा २९२ जना गरी जम्मा २ हजार ६सय ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
आइतबार देशभरमा भने ७ हजार ३६८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
The post उपत्यकामा थपिए २ हजार ६ सय ९ जना संक्रमित appeared first on Sajha Post.