Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

आइतबार थपिए ७ हजार ३ सय ६८ संक्रमित, थप १४५ को ज्यान गयो

$
0
0

काठमाडौं, २ जेठ । नेपालमा पछिल्लो २४ घन्टामा  ७ हजार ३ सय ६८ जनामा कोरोना भाइरस  संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार  देशभरका विभिन्न प्रयोगशालामा गरिएको एन्टिजेन र पिसिआर परीक्षणका क्रममा आइतबार थप सात हजार ३ सय ६८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाबाट १९ हजार ५ सय ३९ जनामा पिसिआर विधिबाट नमूना परीक्षण गर्दा ७ हजार ३ सय १६ मा पोजेटिभ देखिएको र ३ सय ४४ जनाको एन्टिजेन परीक्षण गर्दा ५२ जनामा पोजेटिभ देखिएको उनले बताए ।

गत २४ घण्टाको अवधिमा १४५ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।

The post आइतबार थपिए ७ हजार ३ सय ६८ संक्रमित, थप १४५ को ज्यान गयो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles