काठमाडौं, २ जेठ । चीनको बेइजिङबाट ५५० अक्सिजन सिलिन्डर बोकेर नेपाल एयरलाइन्सको वाइडबडी जहाज काडमाडौं आइपुगेको छ।
शनिबार राति अक्सिजन सिलिन्डर लिन उक्त विमान चीनको बेइजिङ उडेको थियो । बाँकी सिलिन्डर लिन उक्त विमान शनितबार राति ११ बजे पुनः चिन उड्दैछ ।
चीन सरकारले नेपालाई २० हजार खाली सिलिन्डर दिने घोषणा गरेसँगै स्थल मार्ग र हवाई मार्गबाट उक्त सिलिन्डरहरु नेपाल ल्याइँदैछ ।
चीनले दिएको २० हजारमा १८ हजार उत्तरी नाकामा आइपुगेको छ भने २ हजार नेपाल एयरलाइन्सले ल्याउँदै छ।
गत मंगलबार चीनबाट ४५० अक्सिजन सिलिन्डर नेपाल ल्याइएको छ । आज ५५० ल्याएसँगै अब सोमबार र मंगलबार ल्याउँदा बाँकी सिलिन्डर काठमाडौं आइपुग्नेछ ।
The post वाइडबडीबाट काठमाडौं आइपुग्यो पाँच सय ५० अक्सिजन सिलिन्डर appeared first on Sajha Post.