एजेन्सी, २ जेष्ठ । भारतमा देखिएका कोरोना भाइरसका सबै डबल म्युटेन्ट भेरियन्टविरुद्ध कोभ्याक्सिन खोप प्रभावकारी देखिएको छ ।
नेशनल इन्स्टिच्युट अफ भाइरोलोजी एण्ड इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चसँगको सहकार्यमा क्लिनिकल इन्फेक्शस डिजिजेसले गरेको एक अध्ययनबाट भारत बायोटेकद्वारा उत्पादित कोभ्याक्सिन नामक कोरोना खोप प्रभावकारी देखिएको हो ।
आज आइतबार सार्वजनिक गरिएको अध्ययनको निष्कर्षमा बि १६१७ बि ११७ सहितका सबै डबल म्युटेन्ट भेरियन्टविरुछ कोभ्याक्सिन प्रभावकारी भएको उल्लेख गरिएको छ ।
‘कोभ्याक्सिन खोप लगाएपछि भारतमा देखिएको बि १६१७ र बेलायतमा देखिएको बि ११७ लगायतका सबै भेरियन्टलाई मार्ने तत्व ‘टाइट्रे’ उत्पादन भएको देखिन्छ’, अध्ययनमा भनिएको छ ।
यसअघि समेत भारतका केन्द्रीय स्वास्थ्यमन्त्री डा. हर्ष वर्धनले बेलायती तथा इन्डियन भेरियन्टविरुद्ध प्रभावकारी हुने संभावना बढी रहेको बताएका थिए ।
The post नयाँ भेरियन्टविरुद्ध समेत प्रभावकारी देखियो कोभ्याक्सिन appeared first on Sajha Post.