काठमाडाैं, ३० वैशाख । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ४ सय ६७ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार २० हजार ९४८ पीसीआर परीक्षणबाट ८ हजार ४६७ जनामा कोरोना पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार शुक्रबार ६ हजार १ सय ३५ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ३ लाख २७ हजार ६५३ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप २ सय ३ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ३९ हजार ६५८ पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख ७ हजार ३३६ पुगेको छ भने क्वारेन्टाइनमा ५१६ जना छन् ।
The post शुक्रबार थपिए ८ हजार ४ सय ६७ जना संक्रमित appeared first on Sajha Post.