Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

अक्सिजनको आपूर्ति व्यवस्थापनलाई सहजीकरण गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय

$
0
0

काठमाडौं, ३१ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  कोभिड १९ अस्पतालहरुमा अक्सिजनको आपूर्ति व्यवस्थापनलाई सहजीकरण गर्ने निर्णय गरेको छ। कोभिड १९ संक्रमितहरुको उपचार तथा व्यवस्थापन गर्न मन्त्रालयले  शुक्रबार अक्सिजन उद्योगहरुलाई पत्र पठाउँदै अस्पतालहरुमा साबिककै नियमित ढुवानी प्रक्रियाबाट मेडिकल अक्सिजन उपलब्ध गराउन अनुरोध गरेको हो ।

अर्को व्यवस्था नभएसम्मका लागि साविककै अनुसार अस्पताललाई अक्सिजन उपलब्ध गराउन मन्त्रालयले  निर्देशन दिएको छ  ।

कोटा निर्धारण गरेर वितरण  गर्दा अस्पतालहरुमा अक्सिजनको अभाव झन चर्कोरुपमा बढ्दै गएपछि मन्त्रालयले पुनः साबिक बमोजिम नै अक्सिजन उपलब्ध गराउन पत्राचार गरेको हो ।

The post अक्सिजनको आपूर्ति व्यवस्थापनलाई सहजीकरण गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles