Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

काठमाडौँमा सर्वाधिक २ हजार ४५८ जनामा संक्रमण पुष्टि

$
0
0

Kathmandu_Valley_Corona_Upatyaka

काठमाडौं, ३१ वैशाख । काठमाडौँमा देशभरकै सर्वाधिक २ हजार ४५८ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा  ललितपुरमा ५५६, भक्तपुरमा ३३५, रुपन्देहीमा ५२२ र मोरङमा ४३४ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार देशभर गरिएको २० हजार ९४८ पीसीआर परीक्षणबाट ८ हजार ४६७ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार शुक्रबार ६ हजार १ सय ३५ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ३ लाख २७ हजार ६५३ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप २ सय ३ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ३९ हजार ६५८ पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख ७ हजार ३३६ पुगेको छ । क्वारेन्टाइनमा ५१६ जना छन् ।

 

The post काठमाडौँमा सर्वाधिक २ हजार ४५८ जनामा संक्रमण पुष्टि appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles