![](http://www.sajhapost.com/wp-content/uploads/2017/08/Hridayash-Tripathy.jpg)
काठमाडौं, २८ वैशाख । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना महामारीलाई नियन्त्रण गर्न अहिलेका काम प्रयाप्त नभएको बताएका छन् । मन्त्री त्रिपाठीले यसका लागि नयाँ कदमहरु आवश्यक भएकोमा जोड दिँदै देशव्यापी लकडाउन वा स्वास्थ्य सङ्कटकालमै जानुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएका छन् ।
स्वास्थ्य मन्त्रालयले आयोजना गरेको भर्चुअल बैठकमा मन्त्री त्रिपाठीले नयाँ कदमका बारेमा सरकारले सामूहिक रूपमा छलफल गरेर निर्णय लिने स्पष्ट पारे ।
मन्त्री त्रिपाठीले अक्सिजनको प्रयोग धेरै बढेकाले माग र उत्पादन क्षमताबीच ठूलो फरक आइ समस्या भएको स्पष्ट पारे । मन्त्री त्रिपाठीले मागअनुसार उत्पादन हुन नसकेको स्पष्ट पारे ।
यसबीचमा कतिपय अस्पतालमा बिग्रेका अक्सिजन प्लान्टलाई सञ्चालनमा ल्याए पनि मागअनुसार आपूर्ति गर्न नसकिएको उनले स्वीकारेका हुन् ।
मन्त्री त्रिपाठीले कोरोना भाइरसविरुद्धको खोप खरिद प्रक्रियामा कसैलाई कमिसन दिने र कसैबाट कमिसन लिने काम नभएको जिकिर गरे । कोरोना भाइरसविरुद्धको खोप चार डलरमा खरिद गरिएको र त्यति रकममा कसैले दिने भए सरकार एक करोड खोप किन्न तयार रहेको तर्क गरे ।
उनले खोप खरिदको बारेमा तथ्य विना नबोल्न पनि आग्रह गर्दै भने, ‘खोप खरिद गरिसके पनि भारतमै अभाव भएका कारण उसले निर्यात बन्द गरेर नेपालमा पनि खोप ल्याउन समस्या भएको हो ।’
The post देशव्यापी लकडाउन वा स्वास्थ्य सङ्कटकालमा जानुपर्ने अवस्था आउन सक्छः मन्त्री त्रिपाठी appeared first on Sajha Post.