काठमाडौं, २८ वैशाख । बितेको २४ घण्टामा देशभर थप ९४८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको भने २२५ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार अपरान्ह अद्यावधिक जानकारी अनुसार योसँगै नेपालमा सक्रिय कोरोनाका बिरामी ९७ हजार ८ जना पुगेको छ ।
देशभरका विभिन्न प्रयोगशालामा गरिएको २१ हजार ३१६ पीसीआर र एन्टिजेन परीक्षणका क्रममा मंगलबार थप ९ हजार ४ सय ८३ जनामा कोरोना संक्रमण देखिएका हुन् ।
मन्त्रालयका अनुसार मुलुकभरका ८७ वटा प्रयोगशालाबाट २०५९६ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो। यस्तै, ७२० जनाको एन्टिजेन परीक्षण गरिएको छ।
मन्त्रायका अनुसार नेपाली सेनाद्वारा गरिएको शव व्यवस्थापनको तथ्याङ्कको आधारमा कोभिड १९ संक्रमणबाट गत २४ घण्टामा उक्त संख्यामा मृत्यु भएको देखिएको हो।
यससँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४०८४ पुगेको छ।
पछिल्लो २४ घण्टाको अवधिमा ५२२५ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएको मन्त्रालयले जानकारी दिएको छ। यो सँगै ३१२०१९ जना संक्रमण मुक्त (निको) भएका छन्।
मंगलबारसम्म देशभर ९७ हजार ८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ।
The post ९४८३ संक्रमित थपिए, २२५ संक्रमितको मृत्यु appeared first on Sajha Post.