काठमाडौं, १८ चैत । नेपालमा पछिल्लो २४ घण्टामा थप एक सय ६२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने यो अवधिमा ५९ जना संक्रमित निको भएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार अपरान्ह अद्यावधिक विवरणका अनुसार ३९ सय १५ जनाको पीसीआर परीक्षण गर्दा एक सय ६२ जनामा सङ्क्रमण देखिएको र अहिलेसम्म दुई लाख ७७ हजार तीन सय नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
अहिलेसम्म दुई लाख ७२ हजार सात सय ८६ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा अहिले १४ सय ९३ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घन्टामा कसैको पनि ज्यान नगएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा काेराेना सङ्क्रमणका कारण अहिलेसम्म तीन हजार तीस जनाकाे ज्यान गएकाे छ ।

The post ५९ जना संक्रमित निको हुँदा १६२ जनामा काेराेना सङ्क्रमित थपिए appeared first on Sajha Post.