Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

कोभिडविरुद्धका खोप एक वर्षभित्रै निष्प्रभावी हुने अधिकांश चिकित्सकको भनाइ

$
0
0

एजेन्सी, १८ चैत । पछिल्लो पटक भारतसहितका मुलुकमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भएको छ । दोस्रो लहर सुरु भएसँगै कतिपय मुलुकले आवतजावतमा कठाइ गरिरहेका छन् ।

विशेषगरी कोभिड-१९ को उत्परिवर्तित प्रकार वा नयाँ भेरियन्टबाट संक्रमित हुनेको संख्या बढ्न थालेपछि विश्वभर चिन्ता व्यक्त हुन थालेको छ । अमेरिकमा नयाँ प्रकारको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १० हजारभन्दा बढी नाघिसकेको छ ।

एस्ट्राजेनेका, फाइजर र मोडर्ना लगायतका कम्पनीले उत्पादन गरेका कोभिडविरुद्धका खोपको प्रभावकारितामाथि समेत बहस भइरहेको छ । यसैबीच, कोरोना भाइरसका विभिन्न उत्परिवर्तनका कारण एक वर्षभित्र नै विद्यमान खोप निष्प्रभावी हुने हालै गरिएको नयाँ सर्वेक्षणमा सहभागी अधिकांश विज्ञहरुले बताएका छन् ।

उक्त सर्वेक्षणमा सहभागी दुईतिहाई रोग विशेषज्ञ तथा चिकित्सकले उत्परिवर्तनमा कारण हाल बजारमा आएका खोप एक वर्षभित्र नै निष्प्रभावी हुने बताएका हुन् । पिपुल्स भ्याक्सिन अलाएन्स  नामक संस्थाले गरेको नयाँ सर्वेक्षणमा सहभागी इपिडेमिओलोजिस्ट, भाइरोलोजिस्ट र संक्रामक रोग विशेषज्ञमध्ये झण्डै ६६ प्रतिशतले यस्तो बताएका हुन् ।

उनीहरुका अनुसार कोरोना भाइरस उत्परिवर्तनको स्वरुप र मात्राका कारण पहिलो जेनेरेशनको खोप १२ महिनाभित्रै निष्प्रभावी हुनेछ । त्यस्तै सर्वेक्षणमा सहभागीमध्ये झण्डै २० प्रतिशतले हरेक ६/६ महिनामा भाइरसको उत्परिपर्तन हुने बताएका थिए । तर झण्डै ९ प्रतिशत विज्ञले खोप कहिल्यै पनि निष्प्रभावी नहुने बताएका थिए ।

The post कोभिडविरुद्धका खोप एक वर्षभित्रै निष्प्रभावी हुने अधिकांश चिकित्सकको भनाइ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles