Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

अब काठमाडौं प्रवेश गर्दा एन्टीजेन परीक्षण हुनसक्ने, भेला रोक्न निर्देशन (भिडियो)

$
0
0

काठमाडौं, १८ चैत । सरकारले काठमाडौं उपत्यका छिर्ने नाकामा आवश्यकताअनुसार एन्टीजेन परीक्षण गर्ने भएको छ । नयाँ प्रजातिको कोरोना भाइरस फैलिएको भन्दै काठमाडौं उपत्यका प्रवेश गर्ने नाकाहरुमा एन्टीजेन परीक्षण गरिने बुधबार स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन् ।

गौतमका अनुसार मन्त्रिस्तरीय बैठकले काठमाडौं प्रवेश गर्ने बिन्दूहरुमा बेलाबेला एन्टीजेन परीक्षण गर्ने निर्णय गरेको जानकारी दिए । त्यस्तै, सरकारले सबै जिल्ला प्रशासन (डीसीसीएमसी)हरुलाई जिल्लाभित्र भेला, सभा जुलुसहरु रोक्नका लागि ताकेतासहितको निर्देशन दिने निर्णय गरेको छ ।

सरकारले विभिन्न प्रवेश विन्दुबाट छिर्नेलाई होम क्वारेन्टिनमा बस्न र जनस्वास्थ्यका मापदण्ड पालना गर्न पनि आग्रह गर्नुका साथै पालिकाहरुमा पनि एन्टिजेन टेस्ट गर्न पनि आग्रह गरेको छ ।

कोरोना परीक्षण गर्ने सरकारी तथा नीजि प्रयोगशालालाई तयारी अवस्थामा राख्ने निर्णय पनि सरकारले गरेको छ । त्यस्तै, २ हजार एसबीयू बेड स्थापना गर्ने निर्णयका साथै संघीय, प्रादेशिक र आधारभूत अस्पतालमा कोरोनाको उपचार व्यवस्थापन गर्ने निर्णय पनि भएको प्रवक्ता गौतमले जानकारी दिए ।

The post अब काठमाडौं प्रवेश गर्दा एन्टीजेन परीक्षण हुनसक्ने, भेला रोक्न निर्देशन (भिडियो) appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles