Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

कोरोना भाइरस वुहानबाट होइन, चमेराबाट अन्य जनावर हुँदै मान्छेसम्म पुग्यो: डब्ल्युएचओ विज्ञ टोली

$
0
0

काठमाडौं, १७ चैत । कोरोना भाइरस मानिससम्म कसरी फैलियो ? बितेको एक वर्षदेखि जारी यो बहसको बीच विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)को टिमबाट एउटा शक्तिशाली दावी प्रस्तुत गरिएको छ ।

संगठनका विज्ञहरुले यो भाइरस सम्भवतः चमेरोबाट कुनै अरू जनावर (द्वितीय माध्यम) हुँदै मानिससम्म आइपुगेको दावी गरेका हुन् । उनीहरुले कोरोना भाइरस चीनको एक प्रयोगशालाबाट बाहिरिएको यसअघिका दावीहरुलाई अस्वीकृत गरिदिएको छ ।

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस वुहानको प्रयोगशालाबाट चुहिएको दावी गर्दै आएका थिए । संगठनका विज्ञ समूहले यो आशंकालाई पनि खारेज गरिदिएका छन् ।

चीनले भने वुहानबाट भाइरस बाहिरिएको अस्वीकार गर्दै आएको थियो । उनीहरुले आयातित फ्रोजन फुड हुँदै चीन पुगेको दावी गर्दै आएका थिए । विज्ञहरुले यो सम्भावनालाई अस्वीकार नै त गरेका छैनन् तर, यस्तो सम्भावना अत्यन्तै कम भएको बताएका छन् ।

डब्ल्युएचओले भन्यो- भाइरसको उत्पत्तिमाथि थप अनुसन्धान आवश्यक छ
विश्व स्वास्थ्य संगठनका विज्ञ टोलीले कोरोना भाइरसको मानिससम्मको संक्रमणलाई लिएर कुनै स्पष्ट जवाफ दिन सकेका छैनन् । यसअघि उक्त टोली कोरोना भाइरसको उत्पत्तिबारे पत्ता लगाउन चीन गएको थियो ।

यसबारे विस्तृत रिपोर्ट मंगलबारसम्म सार्वजनिक गरिने बताइएको छ । संगठनका निर्देशक जनरल टेड्रोस एडहेनोम ग्रेब्रेयीसस भन्छन्, ‘अन्तर्राष्ट्रिय विज्ञहरुले यसबारेमा पत्रकार सम्मेलन गरेर अनुसन्धानबाट पत्ता लागेका विषयहरु सार्वजनिक गर्नेछन् ।’

उनले यसबारेमा थप अध्ययन अनुसन्धान आवश्यक रहेको पनि धारणा राखे ।

कोरोना भाइरसका कारण १५ महिनामा संसारका २७ लाख मानिसको मृत्यु भइसकेको छ । यसैका कारण गत वर्ष लगभग संसार नै लकडाउनको अवस्थामा बित्यो । यसको प्रभाव अहिले पनि जारी छ ।

लकडाउनका कारण संसारभरका कयौं अर्थतन्त्र कमजोर अवस्थामा पुगेका छन् ।

सुरुवाती दिनहरुमा भाइरसबारे चीन पुगेर अध्ययन गर्ने विश्व स्वास्थ्य संगठनको चाहनामाथि चीनले अवरोध पुर्‍याएको थियो ।

यही कारण चीनमाथि संसारभर भाइरस फैल्याएको आरोप लाग्दै आएको छ । लामो प्रयासपछि संगठनको विज्ञ टोलीलाई चीनले अध्ययनका लागि चीन आउन अनुमति दिएको थियो ।

The post कोरोना भाइरस वुहानबाट होइन, चमेराबाट अन्य जनावर हुँदै मान्छेसम्म पुग्यो: डब्ल्युएचओ विज्ञ टोली appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles