Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

अफ्रिकामा जोनसन एण्ड जोनसन कम्पनीले कोरोना खोप उपलब्ध गराउने

$
0
0

एजेन्सी, १६ चैत । जोनसन एण्ड जोनसन कम्पनीले अफ्रिकी युनियनलाई ठूलो परिमाणमा कोभिड-१९ विरुद्धको भ्याक्सिन आपूर्ति गर्ने भएकाे छ ।

सोमबार जाेनसन एण्ड जोनसन कम्पनीले आफूले उत्पादन गरेको कोरोनाविरुद्धको खोप अफ्रिकी युनियनलाई दिने सहमति भएको जनाएको हो । अफ्रिकी मुलुकहरुले कोरोना भाइरस रोकथा गर्न भन्दै खोपका लागि निरन्तर प्रयास गरिरहेका बेला कम्पनीले यस्तो जानकारी दिएको हो ।

कम्पनीले अफ्रिकन भ्याक्सिन एक्विजिशन ट्रस्टसँग यसै वर्षको सेप्टेम्बर महिनादेखि २२ करोड डोज कोभिड खोप उपलब्ध गराउने सम्भौता गरेको छ । ट्रस्टले बाँकी परिणाम सन् २०२२ भित्रमा प्राप्त गर्न सक्ने गरी उक्त सहमति भएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

अफ्रिकी युनियन र कम्पनीबीच महिनौंसम्मको छलफलपछि सो सम्भौता भएको हो  । खोप आपूर्तिसम्बन्धी नयाँ सम्भौताले युनियनमा आवद्ध ५५ मुलुकले तय गरेको ७५ करोड मानिस अर्थात् महादेशभर ६० प्रतिशत मानिसलाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य हासिल गर्न सहज हुने समेत समाचारमा जनाइएका छन् ।

पछिल्लो विवरण अनुसार अफ्रिकी महादेशमा हालसम्म ४१ लाख ८० हजार मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् । त्यस्तै उक्त महादेशमा भाइरसका कारण १ लाख २१ हजार मानिसले ज्यान गुमाइसकेका छन् ।

The post अफ्रिकामा जोनसन एण्ड जोनसन कम्पनीले कोरोना खोप उपलब्ध गराउने appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles