Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

मंगलबार थपिए १६७ जना कोरोना संक्रमित, ३ जनाको मृत्यु

$
0
0

काठमाडाैं, १७ चैत । नेपालमा मंगलबार थप १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार १४७ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार तीस पुगेको छ ।

त्यस्तै थप ११५ जना कोरोनामुक्त भएका छन् भने हालसम्म नेपालमा दुई लाख ७२ हजार ७२७ जना कोरोनामुक्त भएका छन् । नेपालमा हाल १३९० जना आइशोलेशन र ५३ जना क्वारेन्टाइनमा छन् । त्यस्तै हालसम्म २२ लाख ६७ हजार ४०८ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।

 

The post मंगलबार थपिए १६७ जना कोरोना संक्रमित, ३ जनाको मृत्यु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415