Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

राति ९ बजेपछि सबै गतिविधि बन्द गर्न सिफारिस

$
0
0

काठमाडाैं, १२ चैत । राति ९ बजेपछि सबै गतिविधि बन्द गर्न सिफारिस भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काेभिड १९ व्यवस्थापन केन्द्र निर्देशक समितिलाइ राति ९ बजेपछि सबै गतिविधि बन्द गर्न सिफारिस गरेकाे हाे ।  यस्तै  नेपाल र भारतबीच सीमा नाकाबाट नेपाल प्रवेश गर्ने क्षेत्रमा निगरानी बढाउने र केन्द्रबाट अनुगमन गर्न सिफारिस गरिएकाे छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय आगमन तथा प्रस्थान कक्षमा निगरानी बढाई स्वास्थ्य परीक्षणमा थप सक्रियता बढाउन आग्रह गरिएकाे छ । भारत, बेलायतऽ, जर्मनी, फ्रान्सलगायत देशमा काेराेनाकाे संक्रमण बढेकाेले नेपालमा पनि थप सतर्कता अपनाउन भनिएकाे विज्ञप्तीमार्फत भनिएकाे छ ।

 

The post राति ९ बजेपछि सबै गतिविधि बन्द गर्न सिफारिस appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles