काठमाडाैं, १२३ चैत । नेपालमा शुक्रबार थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७६ हजार ६६५ पुगेको छ । त्यस्तै नेपालमा थप ४ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने हालसम्म तीन हजार २४ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै थप ७० जना निको हुँदा हालसम्म २ लाख ७२ हजार ३४२ जना निको भएको मन्त्रालयले जनाएको छ । हाल नेपालमा १२ सय ९९ जना आइशोलेशनमा र ५२ जना क्वारेन्टाइनमा छन् । त्यस्तै २२ लाख ५६ हजार तीन सय पिसिआर गरिएको छ ।
The post शुक्रबार १५६ संक्रमित थपिए, कोरोनाका कारण मृत्यु हुनेको संख्या बढ्यो appeared first on Sajha Post.