काठमाडाैं, १२ चैत । आस्ट्राजेनेकाले अमेरिकी परीक्षण नतिजाबारे सरकारी अधिकारीले प्रश्न उठाएपछि प्रभावकारिता ७९ प्रतिशतलाई सच्याउँदै ७६ प्रतिशत भएको बताएको छ।
तथ्याङ्क सच्याए पनि आस्ट्राजेनेकाले परीक्षण नतिजाले यो वयस्क जनसङ्ख्यामा अत्यन्तै प्रभावकारी भएको पुष्टि गरेको बताएको छ। अमेरिकी स्वास्थ्य अधिकारीले पुरानो तथ्याङ्क प्रयोग गरेको भन्दै प्रश्न उठाएका थिए।
आस्ट्राजेनेकाले अमेरिकामा अनुमति पाउने अपेक्षा गरेको बताएको छ । सो परीक्षणमा अमेरिका, चिले र पेरुका ३२,००० भन्दा बढी मानिस सहभागी थिए।
सोमवार परीक्षणको नतिजा सार्वजनिक भएपछि केही विज्ञहरूले प्रभावकारिताबारे अपूर्ण तथ्याङ्क प्रयोग भएको हुन सक्ने बताएका बीबीसीले खबर लेखेकाे छ ।
The post आस्ट्राजेनेका खाेपकाे प्रभावकारिता ७६ प्रतिशत मात्रै ! appeared first on Sajha Post.