Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

शनिबार १३८० कोरोना संक्रमित थपिए, १९ जनाको मृत्यु

$
0
0

काठमाडौं, १३ मंसिर । बितेको २४ घण्टामा १ हजार ३८० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयद्वारा शनिबार अपरान्ह प्रकाशित जानकारीका अनुसार यो अवधिमा १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार शनिबार ५१५ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् भने १८ हजार ८३ जना सक्रिय संक्रमित रहेका छन् ।

शनिबारसम्म नेपाल संक्रमित हुनेको कूल संख्या २ लाख ३० हजार ७२३ रहेको छ भने निको हुनेको संख्या २ लाख ११ हजार १८६ जना रहेका छन् ।

हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ४५४ पुगेको मन्त्रालयले जनाएको छ ।

The post शनिबार १३८० कोरोना संक्रमित थपिए, १९ जनाको मृत्यु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Latest Images

Trending Articles



Latest Images