Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

कोरोना विशेष अस्पतालमा उपचाररत दुई संक्रमितको मृत्यु

$
0
0

रुपन्देही, १३ मङ्सिर । बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देहीको बुटवल र कपिलवस्तुको गोरुसिङ्गेका एकएक संक्रमित पुरुषको मृत्यु भएको हो ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका–७ का ४२ वर्षीय पुरुषको शुक्रबार राति करिब साढे ११ बजे मृत्यु भएको हो । मंसिर ५ गते कोरोना संक्रमण पुष्टि भएपछि ती पुरुष सोही दिन अस्पताल भर्ना भएका थिए । उनी मिर्गौलाको डायलासिस गराइरहेका बिरामी थिए ।

यस्तै मंसिर ९ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका कपिलवस्तुका पुरुषको शुक्रबार राति करिब सवा १० बजेको समयमा मृत्यु भएको अस्पतालले जनाएको छ । उनी पनि मिर्गौलाको डायलासिस गराइरहेका विरामी थिए ।

प्रदेश स्वास्थ्य निर्देशनालय बुटवलका अनुसार रुपन्देहीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२० पुगेको छ भने कपिलवस्तुमा १८ पुगेको छ ।

The post कोरोना विशेष अस्पतालमा उपचाररत दुई संक्रमितको मृत्यु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles