Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

सोमबार थपिए १९८० कोरोना संक्रमित, १६ संक्रमितको मृत्यु

$
0
0

काठमाडौं, ८ मंसिर । बितेको २४ घण्टामा १ हजार ९८० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार सो समयमा ३ हजार ४३ जना कोरोना संक्रमित निको भएका छन् ।

सोमबार १६ जना संक्रमितको निधन भएसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ३३७ पुगेको छ । सोमबार अपराह्नसम्म नेपालमा कुल संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुगेको छ भने यीमध्ये २ लाख २ हजार ६७ जना निको भइसकेका छन् ।

हाल नेपालमा १८ हजार ८८४ जना सक्रिय संक्रमित रहेका छन् ।

नेपालमा हाल १८ हजार ८८४ जना आइशोलेशनमा छन् भने ६२९ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म १६ लाख ७० हजार ४५६ वटा पिसिआर गरिएको छ ।

The post सोमबार थपिए १९८० कोरोना संक्रमित, १६ संक्रमितको मृत्यु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles