Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

आइतबार कुन जिल्लामा कति संक्रमित थपिए ?

$
0
0

काठमाडौँ, ७ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा ५८ जिल्लामा गरी १ हजार ६६९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख २० हजार ३०८ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयले आइतबार गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार बितेको २४ घण्टामा ५ हजार ६९९ जना निको भएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इलाममा ९, उदयपुरमा ७, ओखलढुङ्गाका ३, खोटाङमा ४, झापामा ६५, ताप्लेजुङमा २, तेह्रथुममा २, धनकुटामा २, पाँचथरमा १, मोरङमा ८६, संखुवासभामा ८, सुनसरीमा ५२, सोलुखुम्बुमा १, धनुषामा ९, पर्सामा ३, बारामा ७, महोत्तरीमा ५, रौतहटमा १, सप्तरीमा ७, सर्लाहीमा ३, सिरहामा २६, काठमाडौँमा ७७३, काभ्रेमा ८, चितवनमा ८, दोलखामा ४, धादिङमा १३, नुवाकोटमा २५, भक्तपुरमा ५३, मकवानपुरमा ५, रामेछापमा २, ललितपुरमा १३१ र सिन्धुपाल्चोकमा ४ जना कोरोना संक्रमित थपिएका छन्।

यस्तै सिन्धुलीमा २, कास्कीमा ७६, गोरखामा ३, तनहुँमा ६, नवलपरासीपूर्वमा १, म्याग्दीमा १, लमजुङमा ६, वागलुङमा ३, स्याङ्जामा ६, अर्घाखाँचीमा ३, कपिलवस्तुमा ३, गुल्मीमा ६, दाङमा ५४, नवलपरासीमा ६, पाल्पामा २५, प्यूठानमा ४, बर्दियामा ४, बाँकेमा २२, रुपन्देहीमा ४०, रोल्पामा ४, अछाममा १, कञ्चनपुरमा ९, कैलालीमा ४६, बझाङमा ४ र बैतडीमा ५ जना कोरोना पुष्टि भएको छ।

The post आइतबार कुन जिल्लामा कति संक्रमित थपिए ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles