काठमाडौं, ८ मंसिर । काठमाडौं उपत्यकामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ सय नाघेको छ । हालसम्म काठमाडौंमा ३२६, भक्तपुरमा ८५ र ललितपुरमा ९० जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले सोमबार जनाएको छ । देशैभरी कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक हजार ३३७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा उपत्यकामा १ हजार ७ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार यो अवधिमा ४५४ महिला र ५५३ जना संक्रमित थपिएका छन् ।
मन्त्रालयका अनुसार काठमाडौंमा ८ हजार ६६७ जना सक्रिय संक्रमित रहेका छन् भने भक्तपुरमा ६२८ र ललितपुरमा १ हजार ४९८ जना सक्रिय संक्रमित रहेका छन् ।
योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या १० हजार ७९३ पुगेको छ । यो संख्या उपत्यका बाहिरका सबै सक्रिय संक्रमितको संख्याभन्दा धेरै हो । देशभर १८ हजार ८८४ सक्रिय संक्रमित रहेका छन् ।
हेर्नुहोस् उपत्यकामा कोरोना संक्रमणको अवस्था-
The post काठमाडौं उपत्यकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ सय नाघ्यो appeared first on Sajha Post.