Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

काठमाडौं उपत्यकामा थपिए १३५७ कोरोना संक्रमित

$
0
0

Kathmandu_Valley_Corona_Upatyaka

काठमाडौं, १५ कात्तिक । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ३५७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार ५६९ महिला र ७८८ पुरुष गरी १३५७ जनामा संक्रमण पुष्‍टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १११३ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यसैगरी ललितपुरमा १९५ र भक्तपुरमा ४९ जनामा संक्रमण पुष्‍टि भएको छ ।

नेपालमा भने पछिल्लो २४ घण्टामा कुल २५०७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या १ लाख ७० हजार नाघेको छ ।

The post काठमाडौं उपत्यकामा थपिए १३५७ कोरोना संक्रमित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles