काठमाडौं, १५ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५०८ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ७० हजार ७४३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार २६४ जना संक्रमित निको भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ३१ हजार २२२ पुगेको छ ।
शनिबारसम्म २ हजार ४१० जना क्वारेन्टाइनमा रहेका छन् भने ३८ हजार ५८४ जना आइसोलेसनमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा ९ हजार २७९ नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ भने आजसम्म कुल १४ लाख ४३ हजार ३४३ नमूनाको पिसीआर परीक्षण सम्पन्न भएको छ ।
थप १७ जनाको कोरोनाका कारण ज्यान गएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९३७ पुगेको मन्त्रालयले जनाएको छ ।
The post शनिबार थपिए २५०८ कोरोना संक्रमित, कुल संक्रमितको संख्या १ लाख ७० हजार नाघ्यो appeared first on Sajha Post.