Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

दाङका कोरोना संक्रमितको बाँकेमा मृत्यु

$
0
0

कोहलपुर, १५ कात्तिक । दाङका एक कोरोना संक्रमित पुरुषको शनिबार विहान बाँकेमा मृत्यु भएको छ ।

दाङको घोराही उपमहानगरपालिका वडा नं ४ निवासी ७० वर्षीय पुरुषको उपचारका क्रममा बाँकेस्थित नेपालगञ्‍ज मेडिकल कलेज अस्पताल कोहलपुरमा शनिबार विहान ५ बजे मृत्यु भएको हो ।

बाँकेका जिल्ला कोरोना फोकल पर्सन नरेश श्रेष्ठका उनलाई कात्तिक ११ गते आइसियूमा भर्ना गरिएको थियो । आशंका लागेर स्वाब परीक्षण गर्दा उनलाई कात्तिक १२ गते बेलुका कोरोना संक्रमन पुष्टि भएको थियो ।

उनको स्वास्थ्यमा सुधार नआएपछि मृत्यु भएको फोकल पर्सन श्रेष्ठले बताएका छन् । योसँगै बाँके जिल्लामा बाहिरी जिल्लाबाट उपचारका लागि लगिएका १८ जनाको मृत्यु भएको छ ।

The post दाङका कोरोना संक्रमितको बाँकेमा मृत्यु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles