काठमाडौं, २२ असोज । नेपालमा पछिल्लो २४ घण्टामा हालसम्मकै सर्वाधिक ४ हजार ३६४ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ६७५ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म निको हुनेको संख्या ७१ हजार ३४३ पुगेको छ ।
बिहीबारसम्म ४ हजार ४६० जना क्वारेन्टाइनमा रहेका छन् भने २६ हजार ६८४ जना आइसोलेसनमा रहेका छन् । पछिल्लो २४ घण्टामा १८ हजार ४७३ नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ भने आजसम्म कुल ११ लाख ३१ हजार ९५८ नमूनाको पिसीआर परीक्षण सम्पन्न भएको छ ।
बिहीबार थपिएका संक्रमितमध्ये काठमाडाैंमा हालसम्मकै उच्च २०८५, ललितपुरमा ३२०, मोरङमा २४९ जना सहित देशभरका ६८ जिल्लामा नयाँ संक्रमण देखिएको हो ।
The post बिहीबार थपिएका संक्रमित कुन जिल्लाका कति ? (विवरणसहित) appeared first on Sajha Post.