Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

चिकित्सक संघद्वारा विरोधका कार्यक्रम फिर्ता

$
0
0

काठमाडौं, २३ असोज । नेपाल चिकित्सक संघले यसअघि घोषणा गरिएको विरोधका कार्यक्रमहरु फिर्ता लिएको छ । विहीबारदेखि सुरु भएको विरोधका कार्यक्रमहरु डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गरेसँगै फिर्ता लिएको हो ।

संघका आजीवन सदस्य प्राध्यापक डा. गोविन्द केसीको १९औं आमरण अनशन सुरु भएको २४ औं दिनमा संघले उनको जीवन रक्षाका लागि सरकारलाई वार्ता गर्न दबाव दिन यसअघि विरोधका कार्यक्रम सुरु गरिएको थियो ।

विहीबार राति संघले एक विज्ञप्ति जारी गर्दै संघकै सहजीकरणमा वार्ता सकरात्मकरुपमा अगाडि बढिरहेको सन्दर्भमा विरोधका कार्यक्रम फिर्ता लिएको उल्लेख गरिएको छ ।

The post चिकित्सक संघद्वारा विरोधका कार्यक्रम फिर्ता appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles