Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

काठमाडौं उपत्यकामा एकैपटक थपिए २५४० कोरोना संक्रमित, ५ जनाको मृत्यु

$
0
0

काठमाडौं, २२ असोज । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा हालसम्मकै सर्वाधिक २५४० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयद्वारा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमार्फत गराइएको जानकारी अनुसार ९९२ महिला र १५४८ पुरुष गरी २५४० जनामा संक्रमण पुष्‍टि भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै २०८५ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यसैगरी ललितपुरमा ३२० र भक्तपुरमा १३५ जनामा संक्रमण पुष्‍टि भएको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा काठमाडौंका तीनजना तथा भक्तपुर र ललितपुरका एकएकजना संक्रमितको मृत्यु भएको छ । उपत्यकाका ५ सहित देशभर १२ जनाको ज्यान गएको छ ।

नेपालमा भने पछिल्लो २४ घण्टामा कुल ४३६४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ ।

The post काठमाडौं उपत्यकामा एकैपटक थपिए २५४० कोरोना संक्रमित, ५ जनाको मृत्यु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles