काठमाडौं, १७ असोज । नेपाली काँग्रेसका नेता एवं पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
थापाले सामाजिक सञ्जाल ट्वीटरमार्फत् आफूमा संक्रमण पुष्टि भएको जनाएका हुन् ।
उनले आफ्नो स्वास्थ्यअवस्था सामान्य रहेको र घरमै आइसोलेसनमा रहेको बताउँदै आफ्नो सम्पर्कमा आएका सबैलाई सजगता अपनाउन अनुरोध गरेका छन् ।
असाेज १५ गते पार्टी कार्यालयमा भएकाे PCR परीक्षणमा मलाई काेभिड संक्रमण देखिएको जानकारी पाएँ।मेरो स्वास्थ्य अवस्था सामान्य छ।अहिले म घरमै आइसोलेसनमा छु।यस बिचमा मेरो सम्पर्कमा रहनुभएका सबैले सजगता अपनाउनुहुन र कुनै समस्या आएमा स्वास्थ्यकर्मीसंग परामर्श गर्नुहुन अनुरोध गर्दछु।
— Gagan Thapa (@thapagk) October 3, 2020
काँग्रेसले १९ गते बोलाइएको केन्द्रीय कार्यसमिति बैठकका लागि नेताहरुको पीसीआर टेष्ट गरेको थियो । त्यसमा केही नेतालाई संक्रमण पुष्टि भएको हो ।
The post काँग्रेस नेता गगन थापालाई कोरोना संक्रमण appeared first on Sajha Post.