चितवन, १८ असोज । चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
भरतपुर अस्पतालमा उपचाररत कालिका नगरपालिका-७ जुटपानीका ६२ बर्षिय पुरुषको आइतबार विहान ६ः३५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिएका छन् ।
असोज १६ गते कोरोना संक्रमण सहित उनी भरतपुर अस्पतालको कोभिड आइसियूमा भर्ना भएका थिए ।
उनमा खोकी र श्वासप्रश्वासको समस्या देखिएको अस्पतालले जनाएको छ ।
The post चितवनमा थप एकजना कोरोना संक्रमितको मृत्यु appeared first on Sajha Post.