Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

भरतपुर अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

$
0
0

चितवन, १७ असोज । भरतपुर अस्पतालमा उपचाररत् एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालका अनुसार नवलपरासी पुर्व (नवलपुर)का ३६ वर्षीय पुरूषको उपचारका क्रममा मृत्यु भएको हो ।

लामो समयदेखि मुटु र कलेजोको उपचार गराइरहेका नवलपुरको विनय त्रिवेणी गाउँपालिका–२ दुम्किबासका ती पुरूषको शनिबार साँझ मृत्यु भएको अस्पतालले जनाएको छ ।

असोज १३ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई शनिबार दिउँसो १२ बजे अस्पतालको कोभिड आइसियूमा भर्ना गरिएको थियो ।

खोकी, श्‍वासप्रश्‍वास तथा कलेजोमा समस्या आएपछि उनलाई अस्पताल पुर्‍याइएको थियो ।

The post भरतपुर अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles