काठमाडौं, १७ असोज । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ११७७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयद्वारा शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमार्फत गराइएको जानकारी अनुसार ४८७ महिला र ६९० पुरुष गरी ११७७ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै १००१ जनामा कोरोना संक्रमण देखिएको छ ।
त्यसैगरी ललितपुरमा १०९ र भक्तपुरमा ६७ जनामा संक्रमण पुष्टि भएको छ ।
यसैबीच पछिल्लो २४ घण्टामा काठमाडौंका दुई तथा ललितपुरका एकजना पुरुषको कोरोनाबाट मृत्यु भएको छ । उपत्यकाका ३ सहित देशभर ८ जनाको ज्यान गएको छ ।
नेपालमा भने पछिल्लो २४ घण्टामा कुल २१२० जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या ८४ हजार ५७० पुगेको छ ।
The post काठमाडौं उपत्यकामा थप ११७७ जनामा कोरोना संक्रमण, तीनजनाको मृत्यु appeared first on Sajha Post.