Quantcast
Channel: स्वास्थ्य – Sajha Post
Viewing all articles
Browse latest Browse all 3415

बितेको २४ घण्टामा कोरोना संक्रमणबाट आठजनाको मृत्यु

$
0
0

काठमाडौं, १७ असोज । कोरोना संक्रमणका कारण बितेको २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबार नियमित पत्रकार सम्मेलनमार्फत दिएको जानकारी अनुसार उपत्यकामा पनि तीनजनाको ज्यान गएको छ ।

शनिबार ज्यान गुमाउनेमा २ महिला र ६ पुरुष रहेका छन् । योसँगै कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या ५२८ पुगेको छ ।

मृत्यु हुनेमा ललितपुरकी ६७ वर्षीया महिला रहेकी छन् भने काठमाडौंका ६८ र ८३ वर्षीय पुरुष छन् ।

त्यसैगरी सुनसरीकी २८ वर्षीया महिला, चितवनकी ७८ वर्षीया महिला तथा सिन्धुपाल्चोकका ४१ वर्षीय दोलखाका ६५ वर्षीय र कैलालीका ७९ वर्षीय पुरुषको पनि संक्रमणका कारण ज्यान गएको छ ।

नेपालमा शनिबार २१२० जना कोरोना संक्रमित थपिँदा २०४४ जना निको भएर घर फर्किएका छन् ।

शनिबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ८४ हजार ५७० पुगेको छ । अहिले सक्रिय संक्रमित २१ हजार ३०२ जना रहेका छन् भने ६२ हजार ७४० जना निको भइसकेका छन् ।

नेपालमा पहिलोपटक गत जेठ ३ गते धुलिखेल अस्पतालमा कोरोना संक्रमित सुत्केरीको मृत्यु भएको थियो । पछिल्लो समय मृतकको संख्या निरन्तर बढिरहेको छ ।

The post बितेको २४ घण्टामा कोरोना संक्रमणबाट आठजनाको मृत्यु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3415

Trending Articles